केपी ओली मूर्ख भन्दा महामूर्ख नेता रहेछन: मोहन वैद्य (सहि वा गलत ?) प्रतिक्रिया दिनुहोस

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली महामूर्ख नेता भएको बताएका छन्। शनिबार नयाँपत्रिका दैनिकलाई अन्तर्वार्ता दिँदै वैद्यले ओली महामूर्ख नेता भएको बताएका हुन्। ‘‘नेकपामा हाल प्रचण्ड–माधव र प्रधानमन्त्री केपी समूहबीच भइरहेको

झगडा नितान्त अन्तर्कलहको परिणाम हो। पद र प्रतिष्ठाको झगडाकै कारण प्रतिनिधिसभा विघटन भएको हो।’’ वैद्यले भनेका छन्, ‘‘बलात् पद र प्रतिष्ठाको स्वार्थका लागि प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन मात्र नभएर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मास्ने कदम हो। यो असंवैधानिक मात्र

नभएर पटमूर्खताको उदाहरण हो। किनभने जनताले अथक संघर्ष गरेर चाहेको जस्तो नभए पनि आंशिक संविधान बनाउन सफल भएका थिए। तर, अब त्यो पनि मास्ने काम भएको छ।’’ प्रतिनिधिसभाको पुनस्र्थापना र चुनाव कुन ठीक होला भन्ने प्रश्नमा वैद्यले भनेका छन्, ‘‘दुईमध्ये जे भए पनि त्यो

देश र जनताको हितमा हुँदैन। मध्यावधि चुनाव हुने वा गराउने न त अवस्था छ न त योजना। अनि संसद् पुनस्र्थापना भए पनि न त देशमा समृद्धि आउँछ न त जनता सुखी हुन्छन्। उही संसदीय व्यवस्थाको कलहमा देश फस्छ, झन् जर्जर बन्दै जान्छ। विस्तारवाद हाबी हुँदै जान्छ।’’ चुनाबबारे टिप्पणी गर्दै

वैद्यले भनेका छन्, ‘‘अवस्था हेरेर उपयोग वा बहिष्कार के गर्ने हो निर्णय गर्छौँ । तर, देशमा चुनाव हुने वातावरण छैन। बरु असफल भएको संसदीय व्यवस्था अब फासीवादमा परिणत भएर जाने खतरा बढेको छ। जनताले झन् धेरै दुःख पाउनेछन्।’’ नेपालमा कम्युनिस्टहरु किन असफल भए भन्ने

विषयमा चर्चा गर्दै वैद्यले अगाडि भनेका छन्, ‘‘कम्युनिस्टहरू असफल भएका होइनन्। हामी क्रान्तिकारीहरू त्यसलाई मान्दैनौँ। संसदीय व्यवस्था मान्ने कम्युनिस्ट भनाउनेहरूचाहिँ असफल भएका हुन्। साँचो अर्थमा संसदीय व्यवस्था मान्नेहरू कम्युनिस्ट नै होइनन्। कम्युनिस्टहरू त निरन्तर क्रान्ति सफल बनाउन

आफ्नो संघर्षमा लागिरहेका छन्। अझै क्रान्ति सफल भएको छैन। यसैले अब झन् धेरै कम्युनिस्टहरूले गोलबद्ध भएर सफलता हासिल गर्न लागिपर्ने समय आएको छ।’’ ‘‘नेपालमा कलह र टुटफुटले कम्युनिस्टहरू कमजोर जरुर भएका छन्। तर, उनीहरू मासिएका छैनन्’’ वैद्यले भनेका

छन्, ‘‘अब क्रान्तिकारीहरूलाई गोलबद्ध हुने उचित समय आएकोले उनीहरू गोलबद्ध हुँदै जानेछन्। यो अवसर पनि हो। कम्युनिस्टहरूले उपयोग पनि गर्नुपर्छ। बरु विश्वमै संसदीय व्यवस्था असफल भइरहेको छ। जापान, अमेरिका अनि नेपालकै उदाहरणले यो प्रस्ट पारिसकेको छ। नेपालमा बहुमत

ल्याएको पार्टीले नै संसद् विघटन गरायो। नेपालमा अब संसदीय व्यवस्थाको मिति पुग्यो।’’ श्रोत: खबर प्रवाह बाट साभार

प्रकाशित मिति January 23, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस