ओलीले प्रधानमन्त्री, अध्यक्ष र दल नेताबाट राजिनामा दिने (सहि वा गलत ?)

काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेताबाट हटाउने तयारी गर्दैगर्दा प्रतिनिधि सभा विघटन गरेको बताएका छन ।

केन्द्रीय समिति बैठकबाट ओलीलाई यी पदबाट हटाउने तयारी गर्दैगर्दा ओलीले प्रतिनिधि सभा विघटन गरेको प्रचण्डको भनाइ थियो । उनले यो कुरा आज गण्डकी प्रदेशले पोखरामा गरेको कार्यक्रममा खुलाएका छन ।

‘केन्द्रीय समिति बैठकले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट छोड्नुपर्छ भन्थ्यो त्यो तयारी थियो,’ उनले भने, ‘गल्ती नसच्याउने हो भने केन्द्रीय समिति बैठकबाट दल नेता र अध्यक्षबाट हटाउने भन्ने थियो ।

जालझेलको भाषा ओलीले गर्न सक्छन् हामी सक्दैनौं, मैले प्रष्ट भनें ।’ उनले सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा परेको पनि बताएका छन । ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग भएको पनि प्रचण्डले बताएका छन ।

प्रकाशित मिति January 22, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस