ओलीले सबै भन्दा पहिला मलाई जेलमा हाल्छन: माधव नेपाल

काठमाडौ ।

विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताएका छन् । सम्पादहरुसँगको अन्तरक्रियामा नेपालले भने- ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो ।

मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुन: विधि मिच्न थालेको उनको दु:खेसो थियो । ‘ केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति

पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो। अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ’, नेपालले भने । नेपालले भने- ‘ओलीले

पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’ Source:hamroeconomy डट com बाट साभार

प्रकाशित मिति January 21, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस