no-image

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको प्रदेश १ का केन्द्रीय सदस्यहरूको भेलामा बोल्ने अधिकांश सदस्यहरूले प्रदेश सरकारमा जान नहुने सुझाव दिएका छन । प्रदेश १ सरकारविरुद्ध प्रचण्ड–नेपाल नेकपाले ल्याएको

अविश्वास प्रस्तावबारे छलफल गर्न देउवाले प्रदेश १ का केन्द्रीय सदस्यको बैठक आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए । बुधबार बिहान बोलाइएको बैठकमा सहभागी नेताहरूले कांग्रेस प्रदेश सरकारमा जान नहुने राय दिएका छन । वरिष्ठ

नेता रामचन्द्र पौडेल, नेताहरू कृष्ण सिटौला, महेश आचार्य, डा शेखर कोइराला, विश्वप्रकाश शर्मालगायतका नेताले कांग्रेस सरकार बाहिर रहनुपर्ने धारणा राखेका हुन । बैठकमा सहभागी एक नेताका अनुसार भने, ‘उहाँहरू सबैले प्रदेश १ मा ओली

पक्षलाई सहयोग गर्न सकिन्न भन्ने थियो ।’ ओली पक्षलाई सहयोग गर्दा कांग्रेससँग प्रतिपक्षको ‘इस्यू’ बाँकी नरहने उनीहरुको धारणा थियो । कुन पक्षसँग मिलेर सरकार बनाउने निर्णय तत्काल नगर्न नेताहरूको सभापति देउवालाई सुझाव

थियो । बैठकमा सहभागी नेताले भने, ‘कोसँग मिल्ने निर्णय अहिले नगरौं । मिल्नै परे पार्टीले विशेष परिस्थिति हेरेर निर्णय गर्छ । यही समूहसँग मिलौं भन्ने छैन ।’ सरकारलाई समर्थन गरेर बाहिर बस्न सकिने सुझाव पनि केहि नेताले दिएका थिए ।

प्रकाशित मिति January 21, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस