no-image

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तरवार्ताको अहिले चर्चा भएको छ । उनले सिमा विवाद, राष्ट्रियता र विदेश नीतिको वारेमा दिएका अभिब्यक्तिको प्रशंसा भएको हो ।

तर नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय न्युज टिभी च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता नाटकमात्रै भएको बताएका छन् ।

बुधबार काठमाडौमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुने । आफु समस्यामा पर्न लागेपछि ओलीले राष्ट्रवादको नाटक गर्ने टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले

जुन च्यानलाई अन्तरवार्ता दिएको सोही च्यानलले सगरमाथाको नामै फेर्ने सम्मको समाचार दिएको छ । कालापत्थरमा पुगेर सगरमाथालाई पृष्ठभूमीमा पारेर भारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाको नाम फेर्नुपर्ने र

भारतले पनि त्यसमा दावी गर्नुपर्ने भन्दै अभियान नै चलाएको घोषणा समेत गरेका थिए । सोही प्रशंग उठाउँदै उनले भने, ‘एभरेष्टको नाम फेर्न रे’ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर

अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन र कपोकल्पित ढंगले दावी पेश

गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले आपत्ति जनाएको छ । अनेरास्ववियुले चौधरी र उनको संचारसंस्थालाई भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दै

प्रधानमन्त्री ओलीले पनि माफी माग्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति January 13, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस