no-image

काठमाडौँ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चिकित्सा शिक्षाका लागि लड्दै आएका सत्याग्रही डाक्टर गोविन्द केसीलाई झुठको पुलिन्दा भनेका छन । मन्त्री भट्टराईले अनसनरत केसीको व्यवहार भन्ने एउटा र गर्ने अर्कै जस्तो

भएको टिप्पणी गरे । डाक्टर केसीलाई प्रहरीले बल गरेर जबरजस्ती घिसारेका बेला चौतर्फी विरोध भइरहेको छ । तर मन्त्री भट्टराईले भने केसीको इन्टेन्सन नै गलत भएको जिकिर गरे। केसीले सरकार र नेपाली जनतासँग इमोशनल

ब्ल्याकमेलिङ गरेको आरोप लगाए । ‘यसमा कतिपय कुरा यस्ता छन् कि यो इमोशनल ब्ल्याकमेलिङ हो । इमोशनल ब्ल्याकमेलिङ राम्रो होइन,’ नागरिक नेटवर्कसँगको कुराकानीमा भट्टराईले भने । गोविन्द केसी राम्रो डाक्टर र सम्मानित व्यक्ति

भए पनि उनको गतिविधि भन्ने एउटा गर्ने अर्कै भएको भट्टराईको आरोप छ । कांग्रेसको सरकार हुँदा पनि मैले गोविन्द केसीका कतिपय कुरा गलत छन् भनेको थिए । अहिले सरकारको विरोध गर्योद भनेर मात्र भनेको होइन, भट्टराई द।वी

गर्छन । मन्त्री भट्टराईले केसीका माग कसले सम्बोधन गर्ने भनी प्रश्न गरे । ‘मेडिकल कलेज खोल्नुपर्छ, त्यो गर्नुपर्छ, उ गर्नुपर्छ। त्यो कसले व्यहोर्न सक्छ त्यो गर्नलाई ?’ केसीको मागका नियत नै गलत भएको भट्टराईको भनाई छ ।

प्रकाशित मिति January 13, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस