no-image

काठमाडौं ।

नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत महत्त्वाकाङ्क्षा, स्वेच्छाचारिता र निरंकुशतालाई अदालतले सही ठहर्‍याउन नसक्ने बताएका छन । आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले भने,

‘न्यायपालिकाले ओलीको कदमलाई बदर गरेर प्रतिनिधिसभा पुनःस्थापना गर्छ । यो कदम सच्याउनुको विकल्पै छैन । संविधानले त्यसै भन्छ ।’ ओलीको अलोकतान्त्रिक र निरंकुश कदम सडकबाटै सच्याउन बाध्य पारिने उनले बताए । ज्ञानेन्द्र

शाहको निरंकुशता जनताको शक्तिका अगाडि नटिकेको चर्चा गर्दै उनले ओलीको निरंकुशता धेरै दिन नटिक्ने दा,बी गरे । ‘देशव्यापी पञ्च र्‍¥यालीमा जाँदा ज्ञानेन्द्रलाई लाखौंले ढोगेका थिए। उनले टेकेको माटो टिपेर मानिसहरूले घर लैजान्थे।

ज्ञानेन्द्र ‘बुझेँ-बुझेँ’ भन्दै हिँड्थे । त्यस्ता ज्ञानेन्द्रसमेत जनताका अगाडि टिकेनन्,’ उनले भने, ‘अहिले ओलीले ज्ञानेन्द्रको जस्तै पञ्च र्‍¥याली गरेका छन्। जनता धेरै सचेत भइसकेको छ। जनतालाई हेप्नेहरू इतिहासबाट गलहत्त्याइएका छन ।

ओलीलाई पनि जनताले एक दिन ज्ञानेन्द्रलाई जसरी गलहत्त्याउँछन ।’ ओलीले आफू कामचलाउ प्रधानमन्त्री भइसकेपछि कामचलाउ मन्त्री नियुक्त गरेको र केही माओवादी जनयुद्धबाट र झापा आन्दोलनको क्रान्तिकारी विरासतबाट

आएका मानिसहरू पनि ओलीको मन्त्री खान दौडिएको भन्दै उनले व्यंग्य गरे । ‘आयु सिद्धिएको कामचलाउ प्रधानमन्त्रीको पनि कामचलाउ मन्त्री खान केही साथीहरू दौडादौड गरेको देखियो। यो कस्तो स्वाभिमान ? कस्तो विचार ? कस्तो

संस्कृति ?,’ पुनले भने, ‘यो द,लाल तथा नोकरशाही प्रवृत्ति हो, बिचौलिया प्रवृत्ति हो । ओलीजी र उहाँको गुटले जे आउँछ खान्छ, जे पाउँछ खान्छ । जायज-नाजायज सही-गलत केही मतलब गर्दैन ।’

प्रकाशित मिति January 13, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस