
धनुषा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई स’ङ्कट’मा धकेलेको आ’रो’प लगाएका छन् । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना
गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखे । उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ” अध्यक्ष नेपालले सडकमा उत्रिन तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
यो पनि पढनुहोस ।
नखुलेको ३२ लाख रकमसहित एक व्यक्ति
स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।
कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई प’क्रा’उ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।
प्रकाशित मिति January 11, 2021