no-image

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी गरिरहेको बताएका छन् ।राष्ट्रियसभामा सम्बोधनका क्रममा उनले नेपालमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी तीव्र बनाएको

बताएका हुन । ‘हामी कोरोनाको भ्याक्सिन ल्याउने तयारीमा छौँ। छिटै भ्याक्सिन ल्याउँछौं ।’ राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । उनले जनताको जीवन सुरक्षा गर्ने यो सरकारको पहिलो कर्तव्य भएको पनि बताए । आफू

नेतृत्वको सरकारले जनमुखी काम गरेको प्रधानमन्त्रीको ओलीले दाबी गरे । त्यस्तै  काठमाडाैँ पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय

५९ मा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार ५ सय १३ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन । वनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त

गरेका छन् । संक्रमणले बिग्रिएको व्यावसायिक वातावरणलाई ठिकठाक बनाउन आफूले सक्दो प्रयत्न गर्ने उनले जनाएका छन् । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गर्ने

प्रतिबद्धता व्यक्त गरेका छन् । संक्रमणले बिग्रिएको व्यावसायिक वातावरणलाई ठिकठाक बनाउन आफूले सक्दो प्रयत्न गर्ने उनले जनाएका छन् । यसका लागि राष्ट्र बैंकले कार्यक्रम ल्याउँने उनले प्रष्ट्याएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ५

जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९१७ पुगेको छ ।

प्रकाशित मिति January 11, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस