no-image

काठमाडौ ।

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको समूहलाई जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन । शनिबार कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले भने, ‘साथीहरू, तपाईँहरू जहाँ सक्नुहुन्छ त्यहीँ उनीहरूको धज्जी उडाउनुस । यिनीहरुलाई आफ्नो हैसियत देखाउनुपर्छ।’ वैशाख १७ र २७ मै चुनाव हुन्छ, तयारी थाल्नुहोस । प्रधानमन्त्री एवं नेकपा ओली समूहका

अध्यक्ष केपी शर्मा ओलीले अब मुलुक निर्वाचनमय भएकाले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । शनिबार कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएको र भनिएको मितिमा हुने दाबी गरेका हुन ।

‘आगामी २०७८ साल वैंशाख १७ गते र वैंशाख २७ गते नै चुनाव हुन्छ, तयारी थाल्नुहोस । अब आँधिबेहरी ल्याउनुपर्छ,’ उनले भने । निर्वाचन हुनेमा कोही पनि साथीहरू र देशबासीहरू अन्योल र भ्रममा नपर्न आग्रहसमेत गरेका छन ।

‘केपी ओलीले चुनाव गराउँदैन। भन्दै हल्ला फिँजाएका छन । म विभन्न जेल-नेल खटेर अनेक पल्ट म’र्दै बाँचेको मान्छे हुँ, म लोकतन्त्र मास्नलाई होइन रक्षा गर्नका लागि आएको हुँ,’ उनले भने ।

प्रकाशित मिति January 10, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस