no-image

धनगढी ।

फोटो: दिनेश खबर बाट

चुनावी माहौल बनाउन भन्दै देश दौडाहाका क्रममा शुक्रवार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन कार्यकर्ता ओसार्न गाउँ पुगेका बस रित्तै फर्किएका छन् । कार्यक्रममा सहभागी हुने कार्यकर्ता नपाएपछि ४ वटा बस सित्तै फर्किएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार धनगढीमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जसका लागि उनी धनगढी पुगिसकेका छन । तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन ।

जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन । नेकपा सुदूरपश्चिमले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको थियो। प्रतिनिधि सभाको विघटनपछि धनगढी पुगेका ओलीले धनगढीको खुलामञ्चबाट केहीबेरमा सम्बोधन गर्नेछन ।

प्रधानमन्त्री ओली धनवढी पुगेका कारण सुरक्षा ब्यवस्था कडा पारिएको छ । धनगढीको विमानस्थलमा सेना परिचालन गरिएको छ । आवत जावत गर्ने यात्रुहरुको चेक जाँचमा पनि कडाई गरिएको छ । प्रधानमन्त्री केपी ओलीले धनगढीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बिभाजन पछि पहिलोपटक बालुवाटारबाट निस्किएका छन् । उनको यो पहिलो भ्रमण भने सुदुरपश्चिम लक्षित छ । तस्बिर दिनेश खबर

प्रकाशित मिति January 8, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस