no-image

काठमाडौ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान,

प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् । यद्यपि त्यो अधिकार प्रदेशसभामै रहेको उनको भनाइ छ । दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गर्नुभएको

छ,’ उनले भनिन्, ‘तर संसद् विघटनको विषयमा स्पष्ट रूपमा संविधानको धारामा लेखिएको छैन । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न मिल्दैन, सर्वोच्चले व्याख्या गर्छ ।’ मन्त्री तुम्बाहाम्फेले निर्वाचन समयमै हुने दाबी पनि गरिन् । ‘निर्वाचन आयोगले आफ्ना काम गरिरहेको

अवस्था छ,’ उनले भनिन्, ‘निर्वाचनका लागि सुरक्षा तयारी भइरहेको र सरकारले आर्थिक व्यवस्थापन पनि गरिसकेकाले समयमै निर्वाचन हुनेमा कसैले पनि शंका नगर्न आग्रह छ ।’ पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नमिल्ने तुम्बाहाम्फेले बताइन् ।

‘पार्टी विभाजनभन्दा पनि पार्टीभित्रको एउटा सानो समूह निस्केर जान सक्ने सम्भावना अझै छ,’ उनले भनिन् । मन्त्री तुम्बाहाम्फेले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोगले काम अघि बढाएको बताइन् । ‘सुकुम्बासीलाई जग्गा वितरणका लागि अभिलेखीकरण र प्रमाणीकरण स्थानीय तहकै अधिकार

क्षेत्रमा भएकाले त्यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘अभिलेखीकरणमा त्रुटि भए मन्त्रालयको कामकाज नै प्रभावित हुने भएकाले त्रुटि गर्नेलाई कानुनी सजायको व्यवस्थासमेत छ ।’ यस्तै तुम्बाहाङ्फेले सरकार काम चलाउ भइसकेको बताएकी छन् । तिनिधिसभा नरहेको अवस्थामा

वर्तमान सरकार काम चलाउ भइसकेको बताइन । उनले संविधानअनुसार प्रधानमन्त्री कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उनले बताइन । यद्यपि, खाली रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्न भने प्रधानमन्त्रीलाई संवैधानिक अड्चन नरहेको तुम्बाहाङ्फेको

जिकिर छ । मन्त्री तुम्बाहाङ्फेले संसद पुनर्स्थापना गर्ने नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतले निर्णय दिने भएकाले आफूले त्यसबारे टिप्पणी नगर्ने बताइन । ‘सरकारले सर्वोच्चको जुनसकै निर्णयलाई मान्न तयार छ,’ उनले भनिन्, ‘संसद पुनर्स्थापनाबारे अदालतमा विचाराधीन अवस्थामा छ। यस विषयमा म धेरै टिप्पणी गर्दिनँ ।’

अर्को एक प्रसंगमा मन्त्री तुम्बाहाङ्फेले विदेशीको इसारामा नेकपा पार्टी विभाजनलाई मिलाउने र फुटाउनेबारे कुनै हात नहुने बताइन् । उनले पार्टी फुटाउने र जोड्ने कुनै पनि दलको स्वतन्त्र अधिकारको कुरा रहेकाले विदेशीले भन्दैमा पार्टी एकता र फुटको सम्भावना नरहेको पनि जिकिर गरिन्।

उनले सानो झुण्डा लिएर नेकपाबाट बाहिरएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेतालाई पार्टीमा समाहित हुन आफूहरुले आग्रह गरिरहेको पनि बताइन्। मन्त्री तुम्बाहाम्फले सरकारले तोकेको समयमै चुनाव हुने भएकाले त्यसका लागि सम्पूर्ण तयारी भइरहेको बताइन् । सरकारको कार्यसम्पादनमा

अवरोध सिर्जना भएको भन्दै सहज परिस्थिति निमार्ण गर्न ताजा जनादेश प्राप्तिका लागी संसद विघटन गरिएको दाबी गरिन् । उनले ६४ प्रतिशत बहुमत बोकेको दललाई सरकार सञ्चालनको वातावरण नबनाइदिएकै कारण संवैधानिक रुपमा संसद विघटन गरिएको जिकिर गरिन् ।

प्रकाशित मिति January 4, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस