no-image

विराटनगर ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ मा शनिबार साँझ भएको दु र्घ ट नामा परेर मोटरसाइकल चालकको मृ त्यु भएको छ । यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । पश्चिमतर्फ

आउँदै गरेको को १ ख ६२७८ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्र ह री कार्यालय उर्लाबारीका प्र ह री निरीक्षक उद्धव पोखरेलले बताए । उनका अनुसार दु र्घ टनामा

परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ । दु र्घ टना मा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा साँझ ५ बजेतिर मृ त्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेका दमक–४ का २७ वर्षीय उत्तम कटुवाल गम्भीर घा इते भएका छन् । अरनिको अस्पतालमा उपचार हुन नसकेपछि कटुवाललाई थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको प्रहरी निरिक्षक पोखरेलले बताए ।

प्रहरीले बस र चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । घटनास्थल उर्लाबारी नगरपालिकाको कार्यालय अगाडि हो ।

प्रकाशित मिति January 3, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस