no-image

काठमाडौँ ।

नेकपा एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड- नेपाल खेमाको प्रदर्शनका नारालाई इंगित गर्दै ‘गोरु नाङ्गो देख्दा आफुलाई लाज नलाग्ने’ दाबी गरेका छन । उनले आफूले राम्रो काम गरेपछि अल्झाउन, छिर्के लगाउन, रोक लगाउन खोजेको र त्यो असफल भएपछि अर्को पक्षले सडकमा

आफ्नो मर्यादामाथि आँच आउनेगरी, प्रतिष्ठा भत्काउने गरी नारा लगाउन खोजेको दाबी गरेका छन । प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले संसद पुनःस्थापनाको सपना नदेख्न आग्रहसमेत गरेका छन । उनले मुलुक चुनावमा

गइसकेको, निर्वाचन आयोग र सुरक्षाकर्मी त्यसको तयारीमा लागिसकेको अवस्थामा संसद पुनःस्थापना नहुने बताए । उनले प्रचण्ड -नेपाल पक्षलाई लक्षित गर्दै भने,‘ दुई वटा अंक भएको सिट मात्रै ल्याएर देखाउनुहोस । तर त्यस स्थितिमा उहाँहरु पुग्नुहुन्न । उहाँहरु फेरि फर्किनुहुन्छ । फेरि फर्कनु भयो

भने उपद्रो मच्चाउन पाइँदैन । पार्टीको नेतृत्वको आदेशमा चाल्नुपर्छ। हामीले व्यक्ति पर्कन दिने छौँ । तर प्रवृति फर्कन दिने छैनौँ ।’ उनले आफूविरुद्धको अविश्वासको प्रस्ताव बोकेर कहिले राष्ट्रपतिकहाँ कहिले अन्त पुगेको दाबी गरे । उनले भने,‘उनीहरुले हामीसँग बहुमत छ भनिरहेका छन् । देखाउ न

वैशाख १७ र २७ गतेको निर्वाचमा । बाटो सहज छ ।’उनले युवाहरुले यो देश बचाउन आवश्यक भएको बताएका छन् । अर्को पक्षले अराजकता मच्चाएर, मुलुकलाई अस्थिरतातर्फ धकल्ने काममा मात्रै तीन वर्ष खेर फालेको ओलीको आरोप छ । दुई तिहाई भएको पार्टी फुटाएर विभिन्न पक्षसँग जोडजाम

गरेर पुतली सरकार बनाउने नीति अर्को पक्षको भएको उनले आरोप लगाए । त्यो नीति तोड्न आफूले संसद विघटन गरेको ओलीको दाबी छ । junelidaily डट कम बाट साभार गरीएको हो ।

प्रकाशित मिति January 3, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस