no-image

काठमाडौ ।

कुलमान घिसिङको चर्चाबाट अतालिएका केपि ओलिले आफुले नै कुलमानको नियुक्ति रोकेको स्विकार्नुभएको छ । सरकारको भन्दा पनि कुलमानको धेरै चर्चा बढेकाले आफुले नै नियुक्ति रोकेको कुरा आजको नयापत्रीकामा छर्लङ्ग छ । हेर्नुहोस नयाँपत्रीकाको कभर स्टोरी:

केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले बसालेको जग अब देखिने गरी थप उचाइमा पुग्ने बताएका छन् । अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको अवस्था समृद्ध

र जनताको जीवन सुखी बनाउने अभियान सार्थक बिन्दुको नजिक पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा

प्रयोग गर्दै अघि बढ्ने छौं’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं ।’ प्रधानमन्त्रीले राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पु¥याउने

सरकारको अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा समेत गरेका छन् । बिदा भएको सन् २०२० मा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु

परेको स्मरण गर्दै उनले जसले स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पु¥याएको बताएका छन् । ‘हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा

निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु’, प्रधानमन्त्रीको आह्वान छ ।

प्रकाशित मिति January 3, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस