no-image

काठमाडौ ।

नेकपाकी केन्द्रीय सदस्य निरु पालले संघीयता खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन । नेकपामा केपी शर्मा ओली समूहकी पालले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले भ्रष्टचारीलाई

जेलको कालकोठरीमा सडाउने आट गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हुन । सांसद पालले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र केन्द्रीय सरकारको मन्त्रीमण्डल १५ सदस्यीय राख्न सुझाव समेत दिएकी छन । आफनो व्यक्तिगत विचार

भन्दै नेतृ पालले प्रधानमन्त्री ओलीले यत्ति गरे सधै जनताको मनमस्तिष्कमा बस्ने उल्लेख गरेकी छन । पालले फेसबुकमा भनेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्को

सिट १०५, केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस । नेपाली जनताको मनमस्तिस्कमा सधैं बस्नुहुनेछ । मेरो ब्यक्तिगत बिचार ।’ यो समाचार तयार पार्दासम्म उनले लेखेको उक्त

स्टाटसमा १ हजार ६ सय भन्दा बढीले मन पराएका छन् भने ५४० ले प्रतिक्रिया दिएका छन् त्यस्तै १३३ जनाले उक्त पोष्ट शेयर गरेका छन् ।

प्रकाशित मिति January 2, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस