no-image

धनगढी-:

नेकपा(प्रचण्ड-माधव समूह) नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सूर्य चिह्न आफ्नो समूहको भएको दाबी गरेका छन् । शुक्रवार धनगढीमा आयोजित नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौथो बैठकलाई सम्बोधन गर्दै नेता रावलले कसैलाई भ्रममा नपर्न आग्रह गरे ।

वैधानिक पार्टी र सूर्य चिह्न आफूहरुले पाउने रावलले बताए । ‘भ्रममा नबसौँ हामीले नै वैधानिकता पाउँछौँ’ उनले भने । प्रधानमन्त्री ओलीले लगातार राष्ट्रियता विरोधी र विधि तथा पद्धति विरोधी कार्य गर्न थालेपछि पार्टीले हस्तक्षेप गरेको नेता रावलले बताए ।

हामीले घेराबन्दी पनि गरेका छैनौं, उहाँको कार्यमा बाधा सिर्जना पनि गरेका छैनौं, रावलले भने,राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने,पार्टी विभाजन गर्न खोजेपछि रोक्ने कार्य भने गरेकै हौ।

नेता रावलले सुदूरपश्चिम प्रदेश समितिको बैङ्क खातामा रहेको पैसा झिकेको स्वीकार गरेका छन् ।हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले, हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएका छौं रावलले भने,केही रकम हाम्रो काममा खर्च भयो ।

रकम झिकेको भन्दै प्रदेश अध्यक्ष कर्ण थापाले ध म्की दिएको समेत रावलले बताए । खातामा रहेको ३० लाख रकम प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले झिक्नु भएको हो,’ रावलले भने,रकम झिकेको भन्दै प्रदेश अध्यक्ष थापाले ध म्की दिनु गलत हो, उहाँको ध म्कीले कोही डराउनेवाला छैन ।

प्रकाशित मिति January 2, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस