no-image

काठमाडौ ।

प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले जति काम इतिहासमा कसैले नगरेको जिकिर गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले भूकम्पपछिको पुनर्निर्माण र अन्य विकास निर्माणका आयोजनाको काम तिव्र गतिमा सम्पन्न भइरहेको दाबी

गर्नुभएको हो । भूकम्पपछिको पुनर्निर्माण र बाढिपहिरो पीडितको लागि हामीले यति तिव्र काम गर्‍यौँ, यस्तो तिव्रताका साथ काम अहिलेसम्म भएको थिएन’, ओलीले भन्नुभयो ।यस्तै देशमा ठूला विकास निर्माणका काम अघि बढेको तर आफ्नै दलका केहि नेताहरुले देखि नसहेको पनि उहाँले बताउनुभयाे ।

यो पनि पढ्नुहोश: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी वैशाख १७ र वैशाख २७ गते गरि दुई चरणमा गर्नेगरि घोषणा भएको निर्वाचनमा भाग लिनेगरि आन्तरिक तयारीमा जुटेको छ । यसको पुष्टि सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाबीच भएको भेटवार्ता र सहमतिले गरेको छ ।

यही सोमबार देउवा निवास बुढानिलकण्ठमा सभापति देउवाले र महामन्त्री कोइरालाबीच छलफल भएको थियो । उक्त छलफलमा निर्वाचनमा जानेबारेमा सहमति भएको स्रोतले जनाएको छ । भेटमा सभापति देउवा र महामन्त्री कोइरालासँगै प्रभावशाली नेता तथा सांसद डा. मिनेन्द्र रिजालको पनि सहभागिता थियो ।

देउवाले उक्त भेटमा अब कुनैपनि हालतमा संसद पूनस्र्थापनाको मुद्दा बोक्न नहुने भन्दै बरु १६५ निर्वाचन क्षेत्रमा आयोजित विरोधसभालाई चुनावी प्रचारको रुपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए । देउवाको प्रस्तावमा महामन्त्री कोइराला सहमत

भएका थिए । चुनावमा जाँदा अब हिन्दूराष्ट्र पूनस्र्थापनाको एजेण्डा बोक्नुपर्ने कोइरालाको प्रस्तावमा सभापति देउवा पनि सहमत भएको बुझिएको छ । कांग्रेसमा सुरुवातदेखि नै महामन्त्री कोइराला हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएका छन् ।

प्रकाशित मिति December 30, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस