no-image

धनगढी:

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले बैशाखमा निर्वाचन नगर्ने बताएका छन । मंगलबार नेकपा प्रचण्ड–नेपाल समूहले डोटीमा आयोजना गरेको विरोध सभालाई

सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउन नभई प्रचण्ड / नेपाल समूहलाई अलग्याउन प्रतिनिधि सभा विघटन गरेको बताए ।

‘के ग्यारेन्टी छ बैशाखमा चुनाव हुन्छ भन्ने कुरा । कुनै ग्यारेन्टी छैन । किन भने त्यो(चुनाव) गर्नका लागि त्यो (प्रतिनिधि सभा विघटन) गरिएका हैन’ उनले भने ।

साथै उनले प्रचण्ड–नेपाल समूह नै आधिकारिक भएको दाबी गरेका छन । प्रचण्ड–नेपाल समूहले केही दिनअघि आयोजना गरेको बैठकमा बहुमत केन्द्रीय सदस्य सहभागी भएको बताउँदै

उनले उक्त समूह नै आधिकारिक नेकपा भएको बताए । यो खबर दिनेश खबर बाट साभार गरिएको हो ।

प्रकाशित मिति December 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस