no-image

काठमाडौं ।

नेकपा अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर इतिहासमा कलंकको टिका लगाएको बताएका छन् । आज काठमाडौंमा जनसांस्कृतिक

महासंघ नेपालको प्रशिक्षण भेला कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले संविधानमा व्यवस्था नै नभएको अवस्थामा ओलीले संसद् विघटन गरेको आरोप लगाए । उनले

ओली सरकार विघटन भएको तर संसद् विघटन नभएको दाबी गरे । विघटन गरिएको संसद्लाई सूचना गर्न अदालतले आदेश दिने प्रचण्डका् विश्वास छ । ओली श्री ५, महाधिराज जंगेको

बाटोमा हिँडेकोले पराजय शुरू भएको उनले बताए । प्रचण्डले आफूहरू जनताकोमा गएकोले विजयी शुरूआत भएको बताए । ओलीले कलंकको टिका लगाए पनि आफूहरूलाई जनताको

बीचमा पुर्याएर हिरो बनाएको प्रचण्डले बताए । उनले आफूहरू विजयी भइसकेको बताउँदै भने, ‘हामी विजयी भइसक्यौं । केही महिना, दिनको मात्रै कुरा हो । चिन्ता नलिनुहोला ।’

उनले केही महिनाभित्र ओलीसँगको लडाइँ फाइनल हुने उद्घोष गरे ।

प्रकाशित मिति December 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस