no-image

काठमाडौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित भएमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हातेमालो गर्न तयार रहेको घोषणा गरेका छन ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–नेपाल पक्षले प्रतिनिधिसभा विघटनका लागि कारवाहीस्वरुप ओलीलाई अनुशासनको कारवाही गर्दै अध्यक्षबाट निष्कासन गरेको थियो । विघटित प्रतिनिधि

सभाका सदस्यहरूको बुधबार भएको भेलालाई बानेश्वरमा सम्बोधन गर्दै नेता नेपालले ओलीसँग सहकार्यका लागि संसद् पुनःस्थापना हुनुपर्ने शर्त राखेका छन । ‘सर्वोच्च अदालत वा

जहाँबाट भएपनि प्रतिनिधिसभा पुनःस्थापना भयो भने ओलीसँग सहकार्य गर्न हामी तयार नै छौं, असंवैधानिक तवरले संसद् विघटन गरेका कारण कारवाही गरिएको हो,’ नेपालले बैठकमा भने ।

सांसदको भेलाबाट ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई दल नेता बनाइएको छ । प्रचण्ड–नेपाल पक्षले सोमबार सांसदको भेला गरी प्रतिनिधिसभा विघटनलाई

अस्वीकार गर्दै संसद बैठक बोलाउन माग गरेको थियो। यता ओली समूहले पनि प्रचण्डलाई अध्यक्षबाट हटाएको घोषणा गरेको छ ।

प्रकाशित मिति December 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस