no-image

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भएको भए उखु किसानका माग एक दिनमा पूरा गर्ने दाबी गरेका छन । उखु किसानले पाउन बाँकी ९० करोड रुपैयाँ सरकारले नै

दिएर चिनी मिलसँग सरकारले असुल गर्न सक्ने उनले बताए । जसपाले आइतवार काठमाडौंमा आयोजना गरेको वि’रोध कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उखु किसानलाई दिने एक

अर्ब रुपैयाँ मन्त्रालयको जगेडा कोषबाट पनि निकाल्न सकिने बताएका हुन । भट्टराईले सरकार भ्र’ष्टाचार गर्नमा तल्लिन रहेको आ’रोप लगाए । म्युटेसन भएर को’रोना भाइरसको

नयाँ स्वरूप आउन लागेको भन्दै उनले तोकिएको मितिमा प्रतिनिधि सभा चुनाव नहुने दा’बी गरे । भट्टराईले चुनाव हुन्छ र ठूलो पार्टी बन्छु भन्ने भ्रममा नपर्न कांग्रेसलाई सुझाव दिए । प्रतिनिधि सभाको पुनःस्थापनाबाट मात्र लिक बाहिर गएको संविधान ट्रयाकमा आउने उनको भनाइ थियो ।

प्रकाशित मिति December 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस