no-image

काठमाडौ ।

पूर्व ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सबै नागरिकले चाहँदा चाहँदै पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न नसकिएको आरोप लगाएका छन । मन्त्री पदबाट

राजीनामापछि ‘नागरिक संवाद’ मा पत्रकार प्रशान्त लामिछानेसँग कुरा गर्दै पुनले ऊर्जामन्त्री रहेका बेला आफूले मन्त्रिपरिषद्मा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले इन्कार गरेको बताएका हुन । समसामयिक

राजनीतिक विषयपछि अन्त्यमा उनलाई सोधिएको थियो, ‘तपाईं ऊर्जामन्त्री भएका बेला सबै नागरिकले चाहेका कुलमान घिसिङलाई किन विद्युत् प्राधिकरणमा पुनर्नियुक्ति दिनु भएन नि ?’ उनले भने, ‘अहिले त यसको जवाफ सान्दर्भिक छैन ।

तैपनि म ऊर्जामन्त्री छँदा मैले कुलमान पुनर्नियुक्तिको प्रस्ताव क्याबिनेटमा लिएर गएको हुँ, नियमित च्यानलबाट पनि र म आफैंले सीधै पनि। तर कार्यान्वयन भएन ।’ त्यति मात्र होइन, आफूले त्यतिखेर प्रधानमन्त्रीलाई नै प्रस्ताव राखेको

उनले बताए । ‘तर उहाँले मान्दै मान्नु भएन, यो कुरा क्याबिनेटका २५ जनलाई थाहा छ,’ पूर्वऊर्जामन्त्री पुनले भने, ‘यो कुरा अहिले त सान्दर्भिक छैन उहाँ (प्रधानमन्त्री ओली) काम गर्ने मान्छेलाई समेट्ने सोच भएको मानिस हैन ।’ संसद् विघटन भएकै दिन नेकपा नेता पुनसहित ७ जनाले मन्त्री पदबाट राजीनामा दिएका हुन ।

प्रकाशित मिति December 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस