no-image

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफुहरुले चुनेको प्रधानमन्त्री नभएसम्म सडक नछोड्ने बताएका छन् । प्रचण्ड-नेपाल पक्षका नेकपा नेता

कार्यकर्ताहरुले माइतीघरदेखि प्रदर्शन गरेर निर्वाचन आयोग अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेता भट्टराईले सभामुखलाई तुरुन्त संसद बैठक

बोलाउन आग्रह गरेका छन् । उनले काठमाडौँमा पुस १४ गते बिशाल प्रदर्शन हुने भन्दै आफुहरुले कानुनी राज्यको पक्षमा रहेको बताएका छन् । भट्टराईले सबै नेता कार्यकर्तालाई पुस

१४ गतेको प्रदर्शनको तयारी गर्न निर्देशन समेत दिएका छन् । त्यस्तै कार्यकर्ताहरु आयोग बाहिर कान्तिपथमा प्रदर्शन गरिरहेको बेला शिर्ष नेताहरुसहित केन्द्रीय सदस्यहरु भने निर्वाचन आयोगमा पुगेका छन् ।

प्रकाशित मिति December 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस