no-image

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका छन् । योहो टेलिभिजनसँग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो बताएका हुन् ।

प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।” उनले यस अवधिमा मिलेरै जानुपर्ने बताए ।

यो पनि पढनुहोस ।

काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले स्थायी कमिटी सदस्य बनाउने तयारी गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव गरेका छन् । एक सचिवालय सदस्यका अनुसार खनालले पाण्डेलाई प्रस्ताव गरेका हुन् ।

आजको केन्द्रीय कमिटी बैठकले उनलाई अनुमोदन गर्ने सम्भावना भने कमै रहेको उनले बताए । त्यस्तै ती सदस्यका अनुसार पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राई प्रचण्ड–नेपाल समूहमै फर्किएको जानकारी दिए ।

नेपाल निकट तामाङ मंगलबारको केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओली समूहको बैठकमा बालुवाटार पूगेका थिए । उषाकलालाई ओलीले विस्तारित केन्द्रीय कमिटीमा राखेका थिए । उनले पद त्यागेको घोषणा गरिसकेकी छन् ।

प्रकाशित मिति December 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस