no-image

काठमाडौ ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा पनि विघटन गर्न खोजेको आरोप लगाएकी छन । शाक्यले संघीयता र संविधानविरोधी ओलीले प्रदेशसभा पनि विघटन गर्न खोजेको आरोप लगाएकी हुन ।

शुक्रबार बागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि शाक्यले सञ्चारकर्मीसँग भनिन्, ‘केपी ओली संघीयता र संविधान विरोधी हुन । उनी प्रदेशसभा पनि विघटन गर्न खोज्दै छन ।’ उनले ओली निरंकुश र तानाशाह शासक बन्न

लागेको आरोप लगाइन । ओलीले संविधान कुल्चेर सबैमाथि प्रहार गरेको भन्दै बलिदानबाट आएको गणतन्त्र र संविधानलाई कुल्चने अधिकार कसैलाई नरहेको नेत्री शाक्यले बताइन । उनले ओलीको कदमविरुद्ध अब प्रदेश, गाउँ, नगर र वडासम्म

आन्दोलन गरिने बताइन्। शाक्यले निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहलाई वैधानिकता नदिने कुनै आधार नरहेको बताएकी थिइन् । junelidaily डट कम बाट साभार गरीएको हो ।

प्रकाशित मिति December 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस