no-image

काठमाडौं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम बहादुर थापा बादल आफ्नो समूहको बैठकमा आउने बताएका छन । ओली र प्रचण्ड दुबै समूहको बैठकमा नगएका बादल आफ्नो समूहको बैठकमा आउने उनको दाबी छ । “बादल भोलिको हाम्रो बैठकमा आउनु हुन्छ,” प्रचण्डले भने,

“वामदेव गौतम पनि बालुवाटारको बैठकमा जानु भएको छैन। यतै आउनु हुन्छ।” उनले प्रचण्ड–नेपाल समूहको बैठक आधिकारिक भएको दाबी गरेका छन । यसअघि बादलले आफू निकट नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका थिए । वादलका स्वकीय सचिव

सूर्य सुवेदीले नेकपा फुटिसकेका कारण अब विचार मिल्नेहरुसँग नै आफूहरु रहने स्पष्ट गरेका छन । सोमबार बिहान भएको भेलामा पनि वादलले आफू अन्तिममा प्रचण्ड र माधव नेपालकै समूहमा रहने स्पष्ट पारेका थिए । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा भएको भेलाबाट केन्द्रीय समिति विस्तार गर्ने निर्णय लिएकोप्रति गम्भीर आपत्ति जनाएका छन । उनले १ तिहाई केन्द्रीय सदस्य भएको बैठकले झण्डै २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने बताए ।

बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो । यसअघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने

अभिभारा पाएपनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार ओली पक्षको तर्क छ । जसमा हाललाई १ हजार ३ सदस्सीय बनाइएको छ भने बाँकी संख्या क्रमशः थपिनेछ । तर प्रचण्डले आफूपक्षीय केन्द्रीय समिति बैठकमा ओलीले बोलाएको बैठक अवैधानिक रहेको जिकिर गरे ।

उनले आफूहरुले बोलाएको बैठक नै वैधानिक रहेको समेत बैठकलाई सम्बोधनका क्रममा बताए । ‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ। संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, उनले भने ।

संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू रहेको पनि उनले बताए । प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने पनि बताएका छन । उनले दुई नेतासँग आफूले मंगलबार बिहानमात्रै कुराकानी गरेको भन्दै उनीहरुलाई यो बैठकले देख्न चाहेको पनि बताए ।

प्रचण्डले आफूहरुले नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रतिनिधित्व गरेको दावी पनि गरे । ‘यहाँ (बैठकस्थलमा) तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठुलो उपस्थिति छ,’ उनले भने, ‘त्यसैले यो ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यो नै हो ।

प्रकाशित मिति December 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस