no-image

पुस, काठमाडौं ।

नेकपाभित्रको विवाद चुलिदै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको अफर गर्नुभएको छ । शुक्रबार गोप्य रुपमा भएको भेटवार्तामा आफुहरुलाई साथ दिए राष्ट्रपतिको

उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको खुलासा भएको हो ।वरिष्ठ नेता माधवकुमार नेपालसहित भएको तीन जनाको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीमाथी महाअभियोग लगाउने तयारी

भएकाले कांग्रेस भित्र माहौल बनाउन आग्रह गर्नुभएको स्रोतले जानकारी दिएको छ । प्रचण्डले देउवा ओलीसँग मिलेको आफुले बुझेको भन्दै उहालाई त्यता जान नदिएर हामीतर्फ मिलाए तपाईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिनु

भएको स्रोतले दाबी गरेको हो । गृहजिल्लामा भारी मतले नेकपाका नेता किसान श्रेष्ठसँग पराजित भएपनि पुल उद्घाटनमा विशेष चासो राख्ने पौडेलले सो प्रस्ताव स्विकार गर्नुभएको थियो । उहाले संसद विघठनसँगै देउवालाई जसरी पनि

नियन्त्रण गर्नुपर्ने भन्दै आफ्नो पक्षमा विगतदेखी लाग्दै आएका गगन थापा लगायतका नेतालाई सडक उतारिसक्नु भएको छ । एक व्यापारीको घरमा भएको भेटका विषयमा दुवै पक्षले केही पनि बताएका थिएनन् । तात्तातो न्युज बाट साभार

प्रकाशित मिति December 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस