no-image

काठमाडौ ।

चर्चित अभिनेत्री तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छन । एक कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन ।

विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला सुत्केरी हुन नपाएर मर्ने गरेका बेला नेपालमा भने महिला नेत्रीहरुको आवाजले महिलाको अवस्था केही हदसम्म सुध्रेको पनि बताइन । नेपालमा महिलाहरुलाई सडकदेखि सदनसम्म छोरी मान्छे नै बन्ने तालिम दिइएको र नेत्रीहरुले उपहारमा दिइएको

पदले ठाउँमा पुगेर लाखौँ महिलाहरुको पीडा भुल्न नहुने पनि बताइन। नेपलमा क्षमतावान महिलाहरु रहेका छन । आउँदो चुनावमा महिला प्रधानमन्त्री तथा कार्यकारी प्रमुख बनाउनका लागि चुनौती दिँदै पुरुषलाई भोट नदिन आग्रह गर्छु, उनले भनिन् । उनले कोटो प्रविधिको विरोधी भएको बताउदै भनिन्, सहरमा बसेर हामी नारी दिवस

र महिला अधिकारको कुरा गछौं । त्यो कुराले कुनै गाउँमा कतिको छोएको छ भनेर बुझ्न जरुरी थियो । त्यसलै मैले छोरीको लागि स्वर्णिम नेपाल अभियान चलाएको थिए । छोरीसँग क्षमता हुदाँ हुदै पनि कोटा प्रयोग गरिन्छ । कोटाले सिमित क्षेत्रमा मात्र कायम राख्छ । म कोटा प्रविधिको पहिलै देखि विरोधी हो ।

छोरी मान्छेलाई सांसद देखि लिएर सडक सम्म छोरीनै बनाउने तालिम चै किन दिइन्छ । यो मेरो प्रश्न परिवारलाई पनि, समाजलाई पनि र राज्यलाई पनि र नीति नियम बनाउने व्यक्तिहरुलाई पनि । तपाईहरुले याद गर्नु भएको होला सांसद भित्र पनि महिलाको उपस्थिति छ, कोटामा । तर त्यहाँ अपवादलाई छोडेर

महिला सिंगारिक वस्तुको रुपमा देख्छु । सदन देखि सडक सम्म महिलालाई सिंगारिक वस्तुको रुपमा किन प्रयोग गरिन्छ रु र हामी जहिलै पनि सिंगारिक वस्तु बन्न किन लालयत छौं ।

प्रकाशित मिति December 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस