no-image

काठमाडौ ।

चिनी मिलले दिन बाँकी उखुको पैसा दिलाइदिन माग गर्दै उखु किसानले काठमाडौको माइतीघरमा प्रदर्शन गर्दै आएका छन । वर्षौँदेखि उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं धाइरहेका छन । गत वर्षदेखि हिउँदको चिसो काँप्दै काठमाडौंसँग आशाको नजरले हेर्दै छन् उनीहरुले ।

केही दिनअघि काठमाडौं आएका उनीहरुले आज पनि माइतीघरमा प्रदर्शन गरे । केही चिनी मिलले किसानमाथि भारतीय नागरिकको आरोप लगाउँदै पैसा दिन नसक्ने बताएपछि उनीहरुले माइतीघरको सडकमै नागरिकता समेत देखाए ।

पैसा नपाएपछि ऋणमा डुबेका किसानले माइतीघरमा आँशु नै झार्न पुगे । कोभिड–१९ को संक्रमणकालिन अवस्था त्यसमाथि पनि उद्योगको निरन्तरको घाटाको व्यापारमा समेत उद्योगले किसानहरुको भुक्तानी नरोकेको बेला अनावश्यक बार्गेनिङ गरेर बिचौलियाले किसान उचाल्ने काम गरेको मिलको आरोप छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्नपूर्ण सुगर मिलले नामै तोकेर किसानको नाममा आन्दोलन चर्काउने विचौलियाले उद्योगसँग पटक पटक गरी बार्गेनिङ गरेर झण्डै ४ करोड रुपैयाँ बराबरको रकम लगेको आरोप लगाएको छ । उखु किसान

आन्दोलनको नेतृत्व गरिरहेको तर आफूलाई कृषक भन्ने संघर्ष समितिको सचिव हरिश्याम राय वास्तविक किसान नभएर विचौलियाँ भएको उद्योगको आरोप छ । उनले उद्योगसँग वार्गेनिङ गर्दै पटकपटक गरी कुल ३ करोड ३३ लाख ९२ हजार ८ सय ९९ (रु.३,३३,९२,८९९) रुपैयाँ लगेको जनाएको छ ।

रायले पैसाका लागि उद्योगसँग बारम्बार बार्गेनिङ गर्ने गरेको र पैसा नदिए किसान उचालेर आन्दोलन चर्काउछु भनेर आफूहरुलाई धम्की दिने गरेको समेत उद्योगले बताएको छ । त्यसो त विचौलियाँ रायले भुक्तानी नपाएका किसानसँग उखुका पर्ची सस्तोमा किनेर उद्योगलाई महँगोमा बेचेर करोडौं कुम्याउने गरेको समेत उद्योगले आरोप लगाएको छ ।

प्रकाशित मिति December 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस