no-image

मलेसिया ।

क्वालालम्पुर (मलेसिया) वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृ!त्यु भएको छ । नेपाल ठेगाना सिन्धुली जिल्ला

क्वान्द्रे ४ बेलगारी निवासी कामान सिंह तामाङको छोरा उमेर २८ बर्षिय सुर्या बहादुर तामाङको आज आईतवारको दिन बिहानको समयमा मलेसियाको जोहोरबारुमा कोठामै सुत्यासुत्यै अवस्थामा मृ!त्यु भएको जानकारी प्राप्त भएको छ ।

मृ त क सुर्या बहादुर तामाङ बिगत ३१ महिनादेखि जोहोरबारु बातुपहातमा अवस्थित रामाटेक्स टेक्सटायल एसडिएन बिएचडी नामक कम्पनीमा अपरेटरको रुपमा काम गर्दै आईरहेका थिए ।
हिजो शनिबार बेलुका खानासाना खाएर सहजै सुतेका सुर्या

बहादुर बिहान आफू सुतेकै ओछ्यानमै मृ त अवस्थामा फ़ेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली कामदारले बताए । अहिले मृतक तामाङको शवलाई पोस्टमार्टमको लागी स्थानीय सुल्तान अस्पतालमा लगिएको जनाएको छ ।

मलेसियामा दिनहुुँजसो एकदुई जना नेपालीहरुले विभिन्न कारणबस ज्यान गुमाउने गरेको छ । सबैभन्दा बढी मृ!त्यु हुने कारणमा सुतेको बेला हृदयघात भएर , साथै अत्याधिक मदिरा सेवनले मर्ने नेपालीहरुको संख्या अत्याधिक रहेको मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले देखाउछ । श्रोत: मलायाखबर

प्रकाशित मिति December 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस