no-image

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको शालीनतालाई सरकारले कमजोर ठानेको बताएका छन । वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने उनले चेतावनी दिएका हुन । मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा सचेततापूर्वक सहभागि हुन आम

जनमानसका नाममा एक अपील जारी गर्दै सभापति देउवाले सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेकाले सडकमा उत्रन परेको पनि प्रष्ट्याएका छन । देउवाले भनेका छन्, ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका

निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता र्गयो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो। यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।’ अब सडकदेखि सदनसम्म

सरकारमाथि दबाब बढाउने भन्दै देउवाले भने, ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक

देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ। त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’ कोरोना जस्तो महामारीको स्वास्थ्य सामग्री खरिदमासमेत सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै देउवाले भने, ‘जनता

कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरुमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?’

प्रकाशित मिति December 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस