no-image

काठमाडौं ।

कुनै समयकी लोकप्रिय नायिका जल शाहको आज ‘जन्मदिन’ परेको छ । २०३९ साल मंसिर २८ गते काठमाडौंमा जन्मिएकी जल शाह आजबाट ३५ वर्षमा लागेकी छिन् । शरद कुमारसँग विबाह गरे लगत्तै अमेरिका हानिएकी सुन्दरी नायिका जल श्रीमान र एक छोरीसँग अमेरिकामा बस्दै आइरहेकी छिन् ।

५० वटा भन्दा बढी चलचित्रमा अभिनय गरेकी जलले अभिनय गरेका अवतार,ईश्वर,पराइ घर,शंकर,ठूल्दाई, नेपाली बाबु, बादलपारी लगायतका चलचित्र चर्चित बनेका थिए । गत वर्ष मात्र नेपाल आएकी जलले मिडिया सामु नेपाली चलचित्रमा अझै काम गर्न मन लागेको बताएकी थिइन् ।

अहिले जल शाहकी छोरी कलस पनि ठूली भइसकेकी छिन् । नेपालमा आएको समयमा जलले मौलिक नेपाली फिल्म निर्माण गर्ने योजना सुनाएकी थिइन् । जलले अभिनय गरेका ‘पराइ घर’, ‘शंकर’, ‘ठूलदाई’, ‘नेपाली बाबु’, ‘एक नम्बरको पाखे’, ‘नाता रगतको’, ‘नेपाल प्यारो छ’, ‘बुहारी’ हिट फिल्मको सूचीमा सुचिकृत छन् । osnepal

प्रकाशित मिति December 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस