no-image

नेपालगञ्ज ।

बाँकेका एक युवाले आफ्नो बिहेमा पाएको दक्षिणा एक लाख रुपैयाँ गरीब तथा जेहेन्दार विद्यार्थीहरुको पढाई खर्चमा लगाउने घोषणा गरेका छन । ऐरावती गाउँपालिका वडा नम्बर ५, बालीबिसौना प्युठान घर भई हाल कोहलपुर नगरपालिका वडा

नम्बर ५, बाँके बस्दै आएका युवा सुभाष शाहले आफ्नो बिहेमा आफन्तले दिएको दक्षिणा एक लाख रुपैयाँ प्युठानका बिद्यालयमा अध्ययन गरीरहेका कक्षा ११ र १२ का गरीब, दलित, महिला, पिछडिएका तथा जेहेन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने घोषणा गरेका छन ।

पूर्वी प्युठानका जनता माबि बिजुली, मोती माबि बरौला र महेन्द्र माबि सरङबेसीमा कक्षा ११ र १२ कक्षामा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीको पढाईका लागि आफुले उक्त रकम खर्च गर्न लागेको उनले बताए । ‘मेरो जन्म प्युठानमा

भयो एसएलसी पनि मैले जनता माबि बिजुलीबाटै पास गरें, जन्मभूमि र आफुले पढेको ठाउँको माया सबैलाई लाग्छ त्यसैले मैले त्यस क्षेत्रका पढ्न मन भएर पनि पैसाकै कारण पढ्न नपाएका विद्यार्थीहरुका लागि यो रकम खर्च गर्दैछुु’ उनले भने ।

रकम व्यवस्थापनका लागि अहिले ती बिद्यालयका शिक्षक तथा बिद्यालय व्यवस्थापन समितिसँग समन्वय भैरहेको र पैसाका कारण पढ्न नपाएका गरीब, दलित, महिला, पिछडिएका तथा जेहेन्दार विद्यार्थीको पढाइमा खर्च गरिने र हरेक वर्ष १५–२० जनाका दरले बढाई १ सय जनासम्म त्यस्ता विद्यार्थीको

पढाईमा खर्च गरिदिने आफ्नो योजना रहेको उनले सुनाए ।
शाहले यसअघि पनि प्युठानका बिभिन्न बिद्यालयमा शैक्षिक कार्यक्रममा सहयोग गरेका छन । उनले जनता माध्यामिक बिद्यालय बिजुलीलाई ५ वटा कम्प्युटर सहयोग प्रदान गरेका छन ।

उनले आफ्नो जन्म गाउँ बालिबिसौनामा रहेको बालसुधार घनामिना प्राथमिक बिद्यालयमा ल्याबसहितको कम्प्युटर कक्ष स्थापना गरिदिएका छन । जहाँ उनले वाइफाइ समेत जडान गरिदिएका छन । त्यसैगरी, उनले कम्प्युटर सिकाइका लागि पूर्वी प्युठानका विभिन्न बिद्यालयका २१ जना शिक्षकहरुलाई २

हप्ते कम्प्युटर तालिमको व्यवस्थापन समेत गरिदिएका थिए । मास्टर्स अध्ययन गर्न युएस पुगेका शाह हाल उतै बस्ने गरेका छन । बिहेका लागि नेपाल आएका उनि यही मंसिर १६ गते बर्दियाकी अमृता सेन ठकुरीसँग बिहे बन्धनमा बाधिएका हुन ।

प्रकाशित मिति December 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस