no-image

काठमाडौं ।

खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेकी छिन् ।

उनले भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी हुन् । आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री मगरले भ्रष्टाचार नगर्ने र देश समृद्ध बनाएरै छाड्ने बताएकी छिन् ।

मन्त्री मगरले लेखेकी छिन्-‘आज म प्रतिज्ञा गर्छु, खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौं ।’ उनको ट्वीटमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति December 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस