no-image

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी अहिले बहुमत र अल्पमतको आधारमा निर्णय गर्ने अवस्थामा नपुगेको बताएका छन । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको

स्थायी कमिटी बैठकपछि गुरुङले पार्टीको स्थायी कमिटी बैठकमा अल्पमत र बहुमतको विषय नउठेको पनि बताए । उनले यस्ता विषय बैठक बाहिर सार्वजनिक खपतका लागि मात्र बोलिने गरेको बताए । मुख्यमन्त्री गुरुङले पार्टी विधानबमोजिम सहमति गरेर अगाडि बढिने बताए ।

‘स्थायी कमिटी बैठकमा अल्पमत-बहुमतका आधारमा निर्णय गरिने विषयमा छलफल भएको छैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘तपाईंहरू (पत्रकार) प्रश्न सोध्नुहुन्छ । नेताहरू बोल्नुहुन्छ । बाहिर बोलेपछि त्यो सार्वजनिक खपतका लागि मात्रै बोलेको देखिन्छ ।’

बैठकमा दुवै अध्यक्षको प्रतिवेदन पेस भए पनि पार्टीमा छलफल गरी सहमतिका आधारमा अगाडि बढिने गुरुङको भनाइ छ । अहिलेको मुख्य उद्देश्य पार्टी एकता जोगाउने रहेकाले सहमति गर्नुको विकल्प नरहेको उनको तर्क छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी भएपनि पार्टी एकता जोगाउने पक्षमा रहेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

आजको बैठकमा प्रचण्ड कमरेडले पार्टी एकतालाई जोगाउने हो । एक हप्तापछि हुने बैठकमा तयारी गरेर आउनुस् भन्नुभएको छ ।’ गुरुङले भने, ‘समस्याको समाधान कसरी गर्ने ? प्याकेजमा समस्या समाधान गरी निर्णय गरेर अगाडि बढ्ने भन्नु भएको छ ।

स्थायी कमिटीमा निर्णय भएपछि मात्रै केन्द्रीय कमिटीमा निर्णय गरिने प्रचण्डको भनाइ रहेको मुख्यमन्त्री गुरुङले उल्लेख गरे । लोकपाटी डट कम बाट साभार

प्रकाशित मिति December 10, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस