
काठमाडौ ।
सुन्दा अचम्म लाग्न सक्छ , तर यो सत्यता नै हो ! आमा बन्दै श्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन । उनी अभिनीत चलचित्र
‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन । हुर्रे मेरी मामु र रज्जा रानी’ निर्देशन
गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ । कोरोना महामारी र लकडाउनको अवस्था सहज
हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ । डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक
दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन । चलचित्रमा उनको केन्द्रीय भूमिका छ । चलचित्रमा समावेश अन्य कलाकार तथा प्राविधिकको जानकारी कही समयमा गराउने निर्देशक थापाले बताए । sourceabsansar com बाट
प्रकाशित मिति December 9, 2020