no-image

काठमाडौ ।

मङ्गलवार नयाँ उचाइ सार्वजनिक गरिएको सगरमाथाको चुचुरोले वर्षौदेखि नेपाल र चीनबीचको सीमा स्तम्भको काम पनि गर्दै आएको सीमा विज्ञहरूले बताएका छन । नेपालले सगरमाथालाई आफ्नो हिमालका रूपमा बताउने गरेको छ भने चीनले नेपाल

र तिब्बती क्षेत्रमा अवस्थित उक्त हिमालमा आफ्नो दाबी प्रस्तुत गरेका दृष्टान्तहरू पनि छन । तर सन् १९६१ मा तत्कालीन राजा महेन्द्रले चिनियाँ नेता माओ त्से तुङ्सँग कुराकानी गरेपछि सगरमाथाका बारेमा उसबेला नेपाल र चीनबीच रहेको सीमा

विवाद निरूपण भएको विज्ञहरू बताउँछन । यसै वर्ष मे महिनामा चिनियाँ सरकार नियन्त्रित एक टेलिभिजन च्यानलले स्थानीय भाषामा चोमोलुङ्मा भनिने विश्वको सर्वोच्च शिखर चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित रहेको भन्दै केही

तस्बिरहरू ट्विट गरेपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि उक्त टेलिभिजनले सो हिमाल नेपाल चीन सीमामा पर्ने भन्दै त्यसलाई सच्च्याएको थियो ।

सगरमाथाको दाबीबारेको रोचक इतिहास

सन् १९६० मा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले बेइजिङको भ्रमण गर्दा नेपाल र चीनबीचको सीमा निर्धारणबारे छलफल हुँदा सगरमाथामा चिनियाँ दाबी बाहिर आएको थियो ।

उसबेला एउटा चिनियाँ नक्साले सगरमाथालाई मात्रै नभइ सम्पूर्ण महालङ्गुर श्रृङ्खला र त्यसबाहेक नेपालतर्फको ५ माइल क्षेत्रलाई चीनमा देखाएको सन् १९७५ मा प्रकाशित एउटा अनुसन्धान मुलक लेखमा उल्लेख छ ।

सगरमाथा चीनले मुख्यगरी तीन वटा आधार सहित आफ्नो दाबी राखेको सो लेखमा उल्लेख छ । पहिलो, चीनले तिब्बती मोहडाबाट आरोहण अनुमति दिने गरेको र नेपालले त्यसप्रति कहिल्यै पनि विरोध नजनाएको ।

दोस्रो, तिब्बतीहरूले चोमोलुङ्मा नाम दिएपनि उक्त हिमालको नेपाली नाम नभएको र भएपनि त्यो भर्खरै दिइएको। तेश्रो, पानीढलोबाट दक्षिणमा रहेको थाङ्बोचे गुम्बा कुनै समयमा तिब्बतमा रहेको रोङ्बु गुम्बाको क्षेत्राधिकारमा रहेको।

त्यसबेला प्रधानमन्त्री कोइरालाले ती दाबीलाई अस्वीकार गर्दै भूगोल, संस्कृति, इतिहास सबैका आधारमा सगरमाथा सम्पूर्ण रूपमा नेपालको रहेको बताएका थिए ।

बीपीले चिनियाँ प्रधानमन्त्रीलाई चोमोलुङ्मा नाम चिनियाँ नभै तिब्बतबाट आएको उल्लेख गर्दै विश्वको सर्वोच्च शिखरको नेपाली नाम सगरमाथा रहेको जवाफ दिएको प्रसङ्ग आफ्नो आत्मकथामा उल्लेख गरेका छन ।

सगरमाथाकै कारण भएको थियो नेपालमा पहिलो चीनविरोधी प्रदर्शन दुवै प्रधानमन्त्रीबीच कुरा नमिलेपछि यो विषयमा कोइराला र चिनियाँ नेता माओबीच कुराकानी भएको थियो । सगरमाथाको चचुरो दुई देशको सीमा स्तम्भ

नापि विभागका पूर्व महानिर्देशक पूण्य ओलीका अनुसार सगरमाथाको चुचुरो दुई देशबीचको ‘सीमा स्तम्भ’ हो । उनले भने, “ऐतिहासिक कालदेखि नै सगरमाथा नेपालले पनि आफ्नो भन्ने र चीनले पनि आफ्नो भन्ने गर्दै आएका थिए ।

किन झगडा गरिरहने त्यसको चुचुरोलाई सीमा स्तम्भ मानौँ भनेर राजा महेन्द्र र माओत्से तुङबीच सहमति भएको हो । उनले थपे, “शुरूमा चिनियाँ पक्षले तल नाम्चे क्षेत्रसम्म दाबी गरेको भनिन्छ । हामीले त्यो होइन त्यो त पानी ढलो हो भन्ने

जवाफ दिएका थियौँ। सगरमाथाबाहेक मकालु, गैरीशंकर जस्ता हिमाल पनि दुई देशबीच सीमा स्तम्भ जस्तै गरी अवस्थित छन्। ती हिमालका उचाइका आधारमा हामीले अरू तिरका नक्साहरू बनाएका हौँ । सरकारी अधिकारीहरू चाहिँ अझै पनि

सगरमाथाको चुचुरो नेपाल र चीनबीच साझा हो कि होइन भन्ने बारे प्रष्ट रूपमा बोल्दैनन । नेपाल र चीनले संयुक्त रूपमा गरेको नक्साङ्कनबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा नापि विभागका महानिर्देशक प्रकाश जोशीले सीमाको

विषय परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा पर्ने भन्दै स्पष्ट जवाफ दिएनन । तर चीन नेपालबारे पुस्तक लेखिरहेका मुल्मी राजा महेन्द्रको चीन भ्रमणका समयमा गरिएको सहमतिले

सगरमाथाको चुचुरो दुई देशको साझा रहेको प्रष्ट पारेको बताउँछन । चुचुरो दुईदेशबीचको सीमा हो । उत्तरी भूगोल चीनको तिब्बत हो त्यही भएर उनीहरूले त्यहाँबाट पर्वतारोहणको अनुमति दिन्छन । दक्षिणतर्फ हाम्रो भूभाग परिहाल्यो । बिबिसी नेपालि बाट

प्रकाशित मिति December 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस