no-image

काठमाडौं ।

फाईल फोटो

हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यस अघिकी पत्नी मीना ढकाल सँग स’म्बन्ध बि’च्छेद भए पछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, मैले बिहे गर्ने निर्णय लिएको छु ।

अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु । महिला तर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनि सकको बताइएको छ ।

दुई वर्षअघि हास्य कलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले स’म्बन्धलाई टुङ्ग्याएका थिए । सम्बन्ध विच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए ।

२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि स’म्बन्ध बि’च्छेद अघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन ।

प्रकाशित मिति December 7, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस