no-image

काठमाडौं ।

पब्लिक स्पिकर रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहबीच हुने विवाहको मिति सार्वजनिक भएसँगै गायिका कल्पना दाहाललाई जोडेर विभिन्न प्रतिक्रिया सार्वजनिक भएका छन । जुन प्रतिक्रियाले रमेश र कल्पना दुवै दुःखी भएका छन ।

लामो समयदेखिको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परीणत गर्न लागेका हुन । तर, गायिका कल्पनालाई रमेशले धोका दिएको भनेर सार्वजनिक भएका प्रतिक्रियाले रमेश र कल्पना दुवै दुःखी भएका हुन् । उनीहरुले आफूहरुबीच प्रेम सम्बन्ध नरहेको बताएका छन् ।

नन्दासँगको प्रेम सम्बन्धबारे जानकार कल्पनाले रमेशसँग आफ्नो प्रेम सम्बन्ध नरहेको स्पष्ट पारिन । हामीहरुबीच विवाह नै गर्ने खालको प्रेम सम्बन्ध छैन, क्यानडानेपालसँग कल्पनाले भनिन्, मैले दाइ, प्रशंसकको रुपमा सम्मान गर्छु, त्यही किसिम माया, सद्भावमात्रै हो, दर्शकले सोच्नु भएको जस्तो प्रेम सम्बन्ध छैन ।

कल्पनाको तर्कमा रमेश पनि सहमत छन । उनले कल्पनासँग प्रेम सम्बन्ध नरहेको स्पष्ट पारे। कल्पनाको कलाकारिताको सम्मान गरेको हुँ, प्रेम गरेको होइन, यसबारे दर्शक र शुभेच्छुक भ्रममा नपर्न आग्रह गर्छु, रमेशले क्यानडानेपालसँग भने ।

केही समय अघि सँगै दोहोरी गीत गाएपछि रमेश र कल्पनाको प्रेम सम्बन्ध रहेको र उनीहरुबीच विवाह हुने अफवाह फैलिँदै आएको थियो । जसबाट आम दर्शक र उनीहरुका शुभेच्छुकमा भ्रम सृजना भएको थियो । तर, मंगलबार रमेश र नन्दाबीच

हुने विवाहको मिति सार्वजनिक भएसँगै रमेशविरुद्ध विभिन्न प्रतिक्रिया आएका छन । तर, यस्ता प्रतिक्रियालाई रमेश र कल्पना दुवैले खण्डन गरेका हुन् । नन्दासँगको प्रेम सम्बन्धमा रमेश रहेको जानकार रहेकी कल्पनाले आफूहरुबीच प्रेम सम्बन्ध नरहेको स्पष्ट पारेकी छन ।

जसरी चर्चा भयो, त्यस किसिमको रमेश दाइसँग मेरो प्रेम सम्बन्ध छैन, उनले भनिन्, रमेश र नन्दाबीचको विवाहमा हामीहरु पनि गएर बधाई र शुभकामना दिन्छौँ । रमेशसँग राम्रो मित्रता रहेको र एकअर्काको शुभचिन्तक रहेको बताएकी कल्पनाले आफ्ना दर्शक र शुभचिन्तकहरुलाई अफवाह र भ्रममा नपर्न पनि अनुरोध गरेकी छन ।

यस्तै रमेशले पनि कल्पनासँग प्रेम सम्बन्ध नरहेको र मित्रवत् सम्बन्ध भने रहेको जानकारी दिए । कल्पनाको दोहोरी गाउने पेसा हो, दोहोरी गाउँदा माया प्रेमका कुरा हुनु स्वभाविकै हो, रमेशले भने, तर, गीत गाइएजस्तै वास्तविक जीवनमा हुँदैन। यस कारण कल्पना र मेरो प्रेम सम्बन्ध थिएन ।

नन्दासँग मेरो सम्बन्धबारे कल्पना जानकार थिइन् । कल्पना र आफूले एकअर्कालाई कहिल्यै प्रेम प्रस्तावसमेत नगरेको रमेशको भनाइ छ । तर, जसरी अहिले सामाजिक सञ्जालमा कल्पना र रमेशलाई जोडेर आइरहेका अफवाहले दुवैजना दुःखी भएका छन । रमेश र नन्दाको यही मंसिर २२ गते विवाह हुने कार्यक्रम छ ।

प्रकाशित मिति December 5, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस