no-image

इन्डोनेसियाकी राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासीले मन्दिरमा प्राथना गर्दा सुख र शान्ति मिल्ने भन्दै बालीमा हिन्दू आश्रम बनाउने बताएकी छिन् ।

सन २०१७ मा हिन्दू धर्म ग्रहण गरेकी उनले हिन्दु मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त हुने भएको हुँदा आफू पूजाआजामा तल्लिन रहँदै आएको बताएकी छिन् । उनी सन १९६१ मा इटालीको रोममा जन्मेकी हुन् ।

संगीतलाई माया गर्ने र पियानोमा लत भएकी यी राजकुमारी कम्पोजर पनि हुन् । उनी जाभाको सुधी वादानी नामको परम्परागत सांस्कृतिक विधिका बीच सन् २०१७को जुलाई १७ बाट हिन्दु भएकी थिइन् । इण्डोनेसियामा अल्पसंख्यक समूहले हिन्दूधर्म मान्दै आएका छन् ।

सन् २०१०को जनगणना अनुसार इण्डोनेसियामा १.७ प्रतिशत मानिस हिन्दू रहेकोमा बालीमा भने ८३ प्रतिशत हिन्दु छन् । सुधी वादानी नामको साँस्कृतिक विधिबाट राजकुमारीलाई हिन्दू पूजारी इदा सारी गलेह विकु श्री भगवान पुत्र नाथ नव वंश

पेमायुनले शुद्धीकरण विधि अपनाएर राजकुमारीलाई हिन्दू बनाएका थिए । त्यतिबेला नारायण मन्त्र वाचन गरिनुका साथै गायत्री मन्त्रपनि उच्चारण गरिएको थियो । इण्डोनेसियामा हिन्दू लगायत ६ धर्मलाई आधिकारिक मान्यता रहेको छ ।

इन्डोनेसिया मुस्लिम देश हो । जहाँका धेरै मानिस इस्लाम धर्म मान्छन् । तर त्यहाँकी राजकुमारी भने सनातन धर्म मान्दै आएकी छिन् । -एजेन्सी

प्रकाशित मिति December 4, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस