no-image

काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको आन्दोलनबाट स्थापित यवस्था भएकाले प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताएका छन् ।

नेकपाको आजको सचिवालय बैठकबाट बाहिरिने क्रममा प्रश्नमा प्रवक्ताले श्रेष्ठले गणतान्त्रिक व्यवस्थाका कार्यान्वयनका विविध पक्षमा कमजोरी भएमा समीक्षा गर्न सकिने तर राजतन्त्र पुनःस्थापनाको माग प्रतिगामी हुने प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो समयमा केही समूहले राजतन्त्रका पक्षमा आवाज उठाएको सन्दर्भमा नेता श्रेष्ठले त्यसको कुनै सान्दर्भिकता नरहेको समेत जनाए ।

यो पनि पढनुहोस: हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्याली निकालिएको छ । २०४७/२०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्याली निकालिएको हो । हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

देशव्यापी अभियनको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि ¥याली आयोजना गरिएको अभियानका संयोजक किशोरी महतोले बताए । र्यालीमा राप्रपा, शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायतमा आबद्ध व्यक्तिको सहभागिता रहेको थियो ।

यालीमा सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिंदै आएको छ ।

प्रकाशित मिति December 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस