no-image

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच लिखित/मौखिक जुहारी चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल लगभग मौन रहँदै आएका थिए ।

तर, मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकबाट नेता नेपालले औपचारिकरुपमै मौनता तोडेका छन  । मंगलबारको बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको बताए ।

र, अब पार्टी एकता कसैले तोड्न नसक्ने, तोड्न नदिइने उनले बताए । पछिल्लो समय प्रचण्डसँगको जुहारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वएमाले खेमाका नेताहरुलाई

आलोचना नगर्ने र आफूतिर नजिक ल्याउने रणनीति अपनाउँदै आएका छन् । यही सिलसिलामा मंसिर १३ को बैठकमा प्रस्तुत ३८ पृष्ठ लामो प्रस्तावमा पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई मात्रै गाली गरेका छन् ।

र, प्रतिवेदनमा ओलीले माधव नेपाल, झलनाथ खनालहरुलाई फकाउने प्रयास गरेका छन् । यस अतिरिक्त ओली गुटका सबै नेताहरु माधव नेपाल पक्षलाई फकाउनतर्फ लागिरहेका छन् ।

प्रकाशित मिति December 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस