no-image

काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुषालले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाटै हटाउन सकिने बताउनुभएको छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगथ कुरा गर्दै नेता भुषालले ओलीले पार्टी चलाउन नसक्ने भए जिम्मेवारीबाट हटाउन सकिने बताउनुभयो ।

उहाँले बैठकमा नआउने भनेर बस्ने भए बैठकले जिम्मेवारीबाट मुक्त गर्न सक्ने पनि बताउनुभयो । पार्टीमा संकट आउनुमा सबैभन्दा ठुलो जिम्मेवार ओली नै भएको समेत उहाँले आरोप लगाउनुभयो ।

२ वर्षभित्र महाधिबेशन गर्ने भनेर पार्टी एकता गरिएको बताउँदै उहाँले त्यो हुन नसक्नुमा ओली जिम्मेवार रहेको बताउनुभयो ।

प्रकाशित मिति December 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस