no-image

बिदेश ।

अमेरिकामा कार्यरत एक नेपाली डाक्टरको असामयिक निधन भएको छ । अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत ३३ वर्षीय डाक्टर रोशन झाको हृदयघातका कारण निधन भएको हो ।

उनको श्रीमती स्वेता ठाकुर पनि डेन्टिस्ट बिषयको अध्ययनरत बिद्यार्थी हुन् । निधन भएको दिनमा पनि बिरामीको उपचारमा खटिएका डाक्टर रोशनकी श्रीमती बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन ।

तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन । पारिवारिक स्रोतका अनुसार डाक्टर रोशनले डाक्टर पढ्नकै लागि करिब ३ लाख डलर लोन लिएका थिए । तर उनले डाक्टर पढ्न लिएको ऋण तिर्न नपाई नै ज्यान गुमाए ।

उनले लिएको त्यति धेरै ऋण तिर्ने सामर्थ्य विद्यार्थी श्रीमतीमा छैन । त्यसैले उनी कार्यरत अस्पतालका साथीहरु र आफन्तहरुले गो फण्ड मिको अकाउन्ट खोलेर सहयोगको माग गरेका छन् । यो समाचार तयार पार्दा सम्म गो फण्ड मिमा १ लाख ६० हजार डलर सहयोग आइसकेको छ ।

निक्कै राम्रो डाक्टर रोशनले कोभिड-१९ को बेला पनि फ्रन्टलाइनमा रहेर बिरामीको सेवा गरेको साथिहरुले बताएका छन । रोशनलाई सहयोग गर्न चाहनु हुनेले गो फण्ड मीको यो लिंकमा गएर सहयोग समेत गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति December 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस