no-image

काठमाडौ ।

रमेश प्रसाईको विवाहको मिति सार्वजनिक, कालीकोटकी नन्दासँग लगनगाठो कस्दैँ सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् ।

उनका सहयागी साथी जीवन विष्टले सामाजिक सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएका हुन् । दुई महिनाअगाडि इन्द्रेणीमा रमेश प्रसाई र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले निकै बजार पिट्यो ।

धेरै दिनसम्म यूट्यूवको नम्बर एक ट्रेन्डिङमा परेको उक्त दोहोरीको भिडियोले हालसम्म ६० लाखभन्दा बढि भ्यूज प्राप्त गरिसकेको छ । इन्द्रेणीमा जमेको रमेश–कल्पनाको जोडी अहिले टिकटकसम्म आइपुगेको छ । कल्पनाले रमेशसँग बनाएर हालेका प्रत्येक टिकटक भिडियो भाइरल भइरहेका छन् ।

एउटै भिडियाले झण्डै पाँच लाख लाइक्स र करिब ६ हजार कमेन्ट प्राप्त गर्नुले पनि यो जोडीलाई दर्शकले रुचाएको बुझ्न सकिन्छ । इन्द्रेणीमा दोहोरी गाउँदा रमेश र कल्पना दुवैले एक–अर्काप्रति अघोर प्रेम दर्शाएका थिए । दोहोरीमा बनाएका टुक्काहरुको वास्तविक जीवनसँग सरोकार हुन्न ।

तर, यसैलाई लिएर धेरैले उनीहरुलाई वास्तविक जीवनमै जोडी बाँधेको हेर्न चाहे । अहिले टिकटकमा आएका भिडियोहरुले गर्दा उनीहरु साँच्चै प्रेममा परेका त छैनन् भन्ने अनुमान गर्न थालिएको छ । कतिपयले चाहिँ रमेशसँग निकटता देखाएर कल्पनाले भाइरल बन्न मात्र खोजेको आरोप पनि लगाइरहेका छन् ।

रमेश र कल्पना भने आफूहरु अहिलेसम्म असल साथी मात्र भएको बताउँछन् ।‘हामीबीच त्यस्तो केही छैन,’ रमेशले अनलाइनखबरसँग भने, ‘मैले उनलाई एउटा राम्रो साथीको रुपमा हेरेको छु । टिकटकमा आएका भिडियोहरु कुनै पनि योजनाबद्ध नभएको उनले बताए ।

कल्पना अलि केटाकेटी पाराकी पनि छिन्, सँगै गफ गरेर बसिरहेको बेला कतिबेला टिकटक बनाउन भ्याइसकेकी हुन्छिन् । कहिले त म थाहै पाउँदिन टिकटक बनाएको । मलाई वास्तवमा यस्तोमा रुची छैन, साथीको मन राख्नका लागि गरेको हो,’ उनले भने ।

धेरैले कल्पना र तपाईंको वास्तविक जीवनमै सम्वन्ध गाँसिएको हेर्न चाहेका छन् नि भन्ने प्रश्नमा उनले त्यसलाई आफूहरुप्रतिको सद्भावका रुपमा ग्रहण गरेको बताए । उनी भन्छन, ‘हाम्रो विवाहको कुरा अहिलेका लागि काल्पनिक विषय मात्र हो । कल्पना एक स्टार हुन्, म एउटा सादा सर्वहारा जीवन बाँचिरहेको मान्छे । उनको स्टारडम धान्न सक्ने मेरो लेभल छैन ।

कल्पनासँगको भिडियोमा आएका कमेन्टहरुलाई भने अन्यथा नलिएको रमेशले बताए । साथै, टिकटकमा भिडियो हिट हुनुलाई नै धेरै ठूलो कुरा मान्नु नहुने उनको भनाइ छ । उनले उदाहरण दिँदै भने, ‘जस्तो दिलिप रायमाझीले नाचेको भिडियो आयो भने त्यो धेरैका लागि नौलो हुँदैन र त्यसले ठूलो चर्चा पनि पाउँदैन ।

तर, बाबुराम भट्टराई वा वामदेव गौतमले नाचे भने त्यसको अवश्य चर्चा हुन्छ । म पनि फरक क्षेत्रको व्यक्ति भएकाले टिकटकमा देखिँदा धेरैलाई रोचक लागेको होला । इन्द्रेणीमा भएको दोहोरी भिडन्तअघि कल्पना र रमेशको भेट भएको थिएन ।

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले उनीहरुबीच दोहोरीको तारतम्य मिलाएका थिए । सौखिन गायक रमेशले कल्पनासँग उनले निकै रमाएर दोहोरी खेले । अहिले उनी स्वयम् कल्पनाको गायिकीको प्रशंसक बनेका छन् । हेर्नुहोस बिबाह को कार्ड को फोटो:

प्रकाशित मिति December 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस