no-image

काठमाडौ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर

बिष्टको आज घटनास्थलमै मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नंको मोटरसाइकललाई

ठक्कर दिँदा प्रहरी हबल्दार बिष्टको मृत्यु भएको हो । प्रहरी हबल्दार बिष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने ट्रकका

चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । मृतक बिष्ट शुक्लाफाँटा नगरपालिका– ११ का बासिन्दा रहेको बताइएको छ ।

प्रकाशित मिति November 30, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस