no-image

काठमाडौ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै डा. भट्टराईले अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भर्न युवाहरूलाई सुझाब दिएका छन् ।

रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली गराउन खोज्नु राम्रो संकेत नभएको बताएका छन् । उनले अगाडिको स्यालसँग लड्न पछाडि

झ्याङमा लुकेको ब्यासोलाई बिर्सन नहुने भन्दै दुवैसँग लडेर अघि बढ्न सुझाब दिएका छन् । बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा देशभर प्रदर्शन भएपछि डा. बाबुराम भट्टराईको यस्तो ट्विट आएको हो ।

<युवासँग आग्रह- गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ !अहिलेको आधा गिलास उपलब्धिलाई जोगाएर बाँकी गिलास भरौँ;न कि रिसको

झोंकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् !अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौँ !दुवैसँग लडेर अघि जाने साहस गरौँ !>

प्रकाशित मिति November 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस