अब प्रचण्डको सम्पति कति छ छानविन गर्छु: के पी ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा नेताको जिवनशैली र बसाइउठाइ अपारदर्शी भएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको छ । उहाले नियमित र वैध आम्दानीको स्रोत नभएको नेताको विलासी जिवनशैली, नेताहरुको वर्ग उत्थान र बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको

टिप्पणी रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । ‘यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?’, प्रधानमन्त्री ओलीको भनाई छ । यस्तो छ उहाको भनाई नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको

जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र ? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र

सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ? प्रचण्डले आत्मआलोचना गरेर मात्रै पनि सुख पाउँदैनन आज शनिबार हुन लागेको नेकपाको सचिवालय बैठकलाई सबैले उत्सुकता र आशंकासहित हेरिरहेको अवस्थामा नेताहरूबीच छलफल र भेटघाटको गति तीब्र भएको छ ।

त्यहि क्रममा हिजो शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा ऊर्जा मन्त्री वर्षमान पुन र नेता मातृका यादवले संयुक्त रूपमा भेटेका छन् । उक्त भेटघाटको १० मिनेटपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले दाहालसँग करिब पौने घण्टा

भेटवार्ता गरेको खुमल्टार सचिवालय श्रोतको कथन छ । हिजै खुमलटारमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच पनि दिउँसो झण्डै तीन घण्टासम्म घनिभूत छलफल भएको थियो । दाहालले वि.सं. २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरूको

संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पनि हिजै सार्वजनिक भएको छ । उक्त पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठान,नेपालले प्रकाशन गरेको हो । यता, प्रधानमन्त्री निवास बालुवाटारमा पनि हिजो भेटवार्ता र छलफल निकै बाक्लिएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलबीच

बिहान को भेटघाट झण्डै एक घण्टा लम्बिएको थियो । त्यसै गरी प्रधानमन्त्रीसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि यसरी नै छलफल गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न मुख्यसचिव शंकरदास बैरागी बालुवाटार पसेको बताइन्छ । यता,वरिष्ठ नेता नेपाल निवास,कोटेश्वरमा

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पार्टीको बिबाद बढ्न नदिन झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको र पर्यटन मन्त्री योगेश भट्टराईलाई उर्जामन्त्री बिष्णु पौडेलले आफ्नै कार्यकक्षमा झिकाउनुभएको सहयोगी समूहले जनआस्थालाई बतायो । त्यसअघि नेपालसँग परराष्ट्र सचिव भरतराज पौडेलको टिमले

करिब २० मिनेट संक्षिप्त भेट गरेको थियो । उता, नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गर्न उहाँकै निवास, भैसेपाटीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल साँझ पुग्नुभएको थियो । पोखेरल र गौतमबीच झण्डै डेढ घण्टा वार्तालाप भएको थाहा लागेको छ । सचिवालय बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्रीका प्रेस

सल्लाहकार सूर्य थापाले एक टेलिभिजन कार्यक्रममा बोल्दै आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्षले अर्का अध्यक्ष प्रचण्डको पत्रको उचित जवाफ दिने बताएका छन् । थापाले प्रधानमन्त्रीमाथि लगाइएका आरोपहरू फौजदारी कानुन आकर्षित हुने चरित्रका रहेकाले अब प्रचण्डले

आत्मआलोचना गरेर मात्रै पनि सुख नपाउने बताएका थिए । त्यसैगरी नेकपा स्थायी कमिटी सदस्य मणि थापाले एक टेलिभिजन अन्तर्वार्तामा आफूसँग अध्यक्ष प्रचण्डले ‘अब म केपी ओलीसँग फाईट गर्न चाहन्छु, तपाईंहरूले सहयोग गर्नुहोस’ भनेर आग्रह गरेपनि आफूहरूले त्यसमा सहयोग गर्न नसक्ने जवाफ फर्काएको बताएका छन् । यो सामग्री जन आस्थावाट साभार गरिएको हो ।

प्रकाशित मिति November 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस