नेकपा फुटयो भने देशको भाग्य फुटछ अनि देशमा आगो बल्छ: योगेश भट्टराई

झापा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन सकेन भने स्थायी कमिटी बैठकले

निर्मम निर्णय गर्ने बताएका छन । झापाको विर्तामोडमा शनिबार सिदार्थ होटल ग्राण्डसिटी प्रालीको उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले यस्तो बताएका हुन । उक्त निर्णय पार्टी नेतृत्वविरुद्ध

पनि हुनसक्ने उनको भनाइ छ । उनले शनिबार बसिरहेको नेकपा स्थायी कमिटी बैठकतर्फ लक्षित गर्दै भने, ‘नेकपाको सचिवालय बैठकले सकेन र विवाद किनारा लाउन सकेन भने

स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्छ । त्यो निर्णय पार्टी नेतृत्वविरुद्ध पनि हुनसक्छ । साथ‌ै उनले नेकपा फुट्यो भने देशको भाग्य पनि फुट्ने दावी गरे । ‘नेकपा फुट्यो भने

देशको भाग्य फुट्छ । किन भने नेकपाको समन्यवकारी भुमिकाले गर्दा अहिलेसम्म देशमा स्थिरता छ । नेकपा फुट्यो भने देशमा आगो बल्छ,’ उनले भने । देशका विभिन्न स्थानमा

राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उनले मरेका भूतहरु सल्बलाउनु स्वाभाविक भएकाे तर मरेका भूतहरु फर्कने सम्भावना नरहेको बताए ।

प्रकाशित मिति November 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस